के महेन्द्रसिंह धोनी रिटायर हुन लागेकै हुन ? यस्तो छ वास्तविकता

समाचार

मुम्बई । भारतीय क्रिकेट टीमका पूर्व कप्तान र विकेटकीपर महेन्द्रसिंह धोनीले सन्यास लिने विषयले बिहिबार ठूलो चर्चा पायो । खासगरी यो चर्चा भारतीय टीमका कप्तान बिराट कोहलीको एउटा ट्विटले सिर्जना गरेको थियो ।कप्तान कोहलीले धोनीसँगको एउटा तस्वीर सार्वजनिक गर्दै ‘त्यो राती म कहिल्यै बिर्सिन सक्दिनँ” लेखेका थिए । यो तस्वीर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा निकै ठूलो चर्चा परिचर्चा शुरु भयो । धोनीका प्रशसंकदेखि अन्यमा समेत यसले ठूलो हलचल ल्यायो ।

अन्ततः भारतीय क्रिकेट बोर्डले नै यो विषयमा मुख खोल्नुपर्ने अवस्था आयो ।विश्व कप क्रिकेटको बेला भारतीय कप्तान बिराट कोहलीसँग टीमका कतिपय सदस्यहरुका असन्तुष्टि बढेपछि यसको निशाना धोनी परेका थिए । धोनीमाथि त्यहिबेला देखि नै बिभिन्न कोणबाट प्रहार हुन शुरु भएको थियो ।

यही बीचमा धोनीले दुई महिनाको विदा लिएर सैनिक तालिममा गएपछि यो विषयले झनै चर्चा पाइ नै रहेको थियो ।तर बिहिबार कप्तानले त्यसरी लेखेपछि भने साँच्चिकै धोनीले सन्यास नै लिन थालेको परेको थियो ।भारतीय टीमका चिफ सेलेक्टर अर्थात् मुख्य चयनकर्ता एमएसके प्रसादले भने यो समाचार पुरै गलत भएको बताएका छन् । आफूलाई यो विषयमा कुनै जानकारी नभएको बताउँदै उनले हल्लाको खण्डन गरेका छन् ।

काठमाडौं । विश्वकप क्रिकेटपछि सैनिक तालिममा गयर फर्केका महेन्द्रसिंह धोनी समस्यामा पर्ने भएका छन् । टीम ईण्डियाका पूर्व कप्तान महेन्द्र सिंह धोनी वेष्टईण्डिजपिछ दक्षिण अफ्रिकासँग हुने सिरिजबाट हट्न सक्ने भास्कर दैनिकले उल्लेख गरेको छ ।समाचार अनुसार, चयनकर्ताहरुले धोनीको स्थानमा ऋषभ पन्तलाई छनौट गर्न सक्छन् । भारतीय टिमले १५ सेप्टेम्बरदेखि दक्षिण अफ्रिकाविरुद्ध तीन टी-20 खेलको सिरिज खेल्ने भएको छ । धोनीले यो बीचमा दुई महिनाको ब्रेक लिएका थिए ।

बिसिसिआईका एक वरिष्ठ अधिकारिले न्यूज एजेन्सीसँग भने अनुसार वर्ल्ड टी-20 भन्दा खगाडि भारतीय टीमले २२ टी-20 खेल खल्नेछ । दक्षिण अफ्रिकाविरुद्धको खेलमा वेष्टईण्डिज सिरिज खेल्ने खेलाडि मात्रै रहने संकेत बिसिसिआईले गरेको छ ।यो सिरिजको पहिलो खेल १५ सेप्टेम्बरमा धर्कशाला, दोश्रो खेल मोहालि र तेश्रो २२ सेप्टेम्बर मा बेंगलरुमा खेलिनेछ । पन्तपछि संजू सैमसन र इशान किशन पनि चयनर्ताले रोजेका खेलाडि हुन।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *